Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

फेवातालका चंखेः ४० वर्षदेखि निरन्तर पानीमै...

फेवातालका चंखेः ४० वर्षदेखि निरन्तर पानीमै...

बुधबार, मंसिर १० २०८२
बुधबार, मंसिर १० २०८२
  • पोखरा । पोखराको लेकसाइड, यो परिचयसँगै फेवाताल पनि आउँछ। माछापुछ्रेको काखैमा रहेको सुन्दर फेवातालसँग नरमाउने बिरलै भेटिएलान् । आन्तरिक र बाह्य पर्यटकहरू बढेपछि सधैं फेवातालको कञ्चन र अस्थिर पानीमाथि रंगीन डुङ्गाहरु एकपछि अर्को लस्करी चलेका देखिन्छन्। पोखरा पुग्ने अधिकांशले  ती डुङ्गासित केही समय बिताउँछन् । तर, फेवाताल शयर गराउने ती व्यक्तिसँग भने कमै मानिसले मात्रै भलाकुसारी गर्लान् । 
    …. 

    images
    Chankhe1.jpg
    फेवातालमा भेटिएका सुन्दर विश्वकर्मा ! तस्विर: भुवन अथर 

    उनको नाम सुन्दर विश्वकर्मा, तर पोखराले उनलाई चंखे’ भनेरै चिन्छ। उनी १६ वर्षका थिए । अभाव सामाजिक विभेदकाबिच जकडिएको जीवनबाट उन्मुक्ति खोज्न कलिलै उमेरमा जन्मथलो सिन्धुलीबाट पहिलोपटक काठमाडौं पुगे। जति ठूलो शहर, उति ठूलो संघर्ष। केही महिनासम्म मजदुरी खोज्दै भौँतारिए तर काम भेटिएन। अनि साथीहरुको सहयोगमा चंखे पोखरा पुगे। चंखेको अनुभवमा त्यो बेला पोखरा अहिले जस्तो चम्किलो थिएन, पर्यटक धेरै थिएनन्, ताल किनार पनि अहिलेजस्तो सजिएको थिएन। अहिले चंखेले ताल अनि डुंगाबारे सोच्ने कुरै भएन । 
    … 
    त्यो समय पोखरामा शहर बिस्तार बढ्दै थियो । त्यसकारण मजदुरीको काम फ्याट्टफुट्ट पाइन्थ्यो । उनले पनि त्यही काम गरे । दिनभरी मजदुरी गर्थे राती जहाँ पर्यो त्यहीँ बोराहरु ओछ्याएर सुत्थे । चंखे सम्झिन्छन्, त्यो बेला मेरो घर भनेकै काम गर्ने ठाउँ थियो । लेकसाइड छेउछाउमा मजदुरी गर्दागर्दै चंखेले तालमा पौडी खेल्न सिके । बिस्तारै डुंगा चलाउन सिके । अनि उनलाई पानी प्रिय लाग्न थाल्यो ।  त्यही प्रेमले चंखेको जीवनको लय नै फेरिदियो । दिनभरी भारी बोक्ने चंखे बिस्तारै फेवाताल पुगेका केही विदेशीहरुलाई पानीमा सयर गराउन थाले।  त्यतिबेला उनलाई कसैले चिन्दैनथे । हँसिलो फुर्तिलो भर्खरको युवालाई सबैले उनलाई चंखे भन्न थाले । अनि उनको आफ्नो परिचय, सुन्दर विश्वकर्मा नामले खासै मान्छेले चिन्दैनन् । किशोरवयमै पोखरा र फेवातालसँग भिजेका उनै चंखे अहिले लेकसाइडमा परिचित छन् ।
    … 
    चंखे घर छाडेर  हिँडेको १० वर्षभरी मात्रै घर फिरे । घरको जेठो छोराको जिम्मेवारी बोकी हिडेको चंखेले त्यो बेला करिब १५ हजार रुपैयाँसहित सिन्धुली फर्केको सम्झना ताजै छ । आश मारिसकेको छोरो घर फर्किदा रोएकी उनकी आमालाई चंखे अहिले पनि दुरुस्तै देख्छन् ।  'आमा त म गएपछि धेरै दिनसम्म रुनुभयो खुशीले ।कति दिनसम्म आमाका आँखाबाट आँशु नै रोकिएनन्।', चंखे भावुक हुँदै सम्झिन्छन् । १० वर्षको कमाईबाट जम्मा गरेको करिब १५ हजार रुपैयाँ उनले आमालाई दिए। त्यही पैसाले नागरिकता बनाए र विवाह गरे।

    … 
     २०५२ सालको कुरा थियो त्यो । विवाहपछि श्रीमतीसहित पोखरा फर्किए चंखे । बोरा ओछ्याएर बाटोमै सुत्ने चंखेलाई त्यसपछि डेराको आवश्यकता महशुस भयो । चंखे दम्पत्तिले पोखरा विभिन्न ठाउँमा कोठा खोजे तर दलित भएकै कारण उनलाई कोठा दिन कसैले मानेन् । त्यो कुरा सम्झेर पनि चंखे असाध्यै दुख्छन् ।  धेरै दिन भौँतारिएपछि एक जना शिक्षिकाले बाहिरै शौचालय बनाएर कोठा दिएपछि चंखे असाध्यै खुशी भएछन् । अहिले विदेशमा रहेकी ती शिक्षकाको गुन कहिल्यै नबिर्सिने बताउँछन् । 

    ... 

    पछि बिस्तारै चंखे दम्पत्तिको आर्थिक अवस्था सुधार हुन थाल्यो ।  उनीहरुका एक छोरा एक छोरी जन्मे । सिन्धुलीबाट आमाबुवालाई पनि पोखरा ल्याएर राखे । तर, आमाबुवाले केही महिनाको बसाइपछि पोखरा बस्न मानेनन् ।  उनी सम्झिन्छन्, अर्काको घरमा, थुक्ने ठाउँ पनि नभएको ठाउँमा बस्ने होइन। आफ्नो घर चाहिन्छ। आमाले भनेका ती शब्दले चंखेको मनले इख लियो । रिण गरेर उनले १ लाख ५० हजारमा जमीन किने। सानो घर बनाए । आमाबुवालाई ल्याएर राखे। त्यसपछि आमाबुवाले कहिल्यै गाउँ जान खोजेनन् । त्यो नै चंखेलाई सबैभन्दा ठूलो खुशी लाग्छ । 


    आमाबुवाले सुखका धेरै वर्ष नपाए पनि,अन्तिमसम्म साथ दिन पाउँदा उनी सन्तुष्टि महसुस गर्छन्। उनी भन्छन्, 'हामी त अभाव, विभेद, गरिबी सबै सहेको मान्छे। तर गुनासो छैन। आमाबुवालाई अझै केही वर्ष सुख दिन पाएको भए हुन्थ्यो भन्ने मनमा आउँछ।'
    … 

    अहिले चंखेका बच्चाहरू विदेशमा छन् । आमाबुवा बितिसकेका छन् । परिवारका  दाजुभाइ, आफन्त गरी ४० जनाभन्दा बढी पोखरामै छन् । उनकी श्रीमती पनि डुङ्गा चलाउँछिन् । फेवा तालमा अहिले ५/६ वटा डुङ्गा उनको मात्र छन् । महिनाको डेढ लाख सम्म कमाइ हुन्छ। तर, चंखेको मन उस्तै हलुका छ । अहिले पनि उनी बिहानै ४ बजे उठेर फेवातालमा पुग्छन् ।   

    चंखे हाँस्दै भन्छन्, 'मलाई त जिवनको अन्तिम साससम्म पनि डुङ्गा चलाउन मन छ।'

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij