Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

आर्मी बन्ने सपना त्यागेर सेवामा समर्पित

आर्मी बन्ने सपना त्यागेर सेवामा समर्पित

मंगलबार, मंसिर २ २०८२
मंगलबार, मंसिर २ २०८२
  • काठमाडौँ । किरण थापाको सामाजिक क्षेत्रमा प्रवेश एक अप्रत्याशित मोडबाट सुरु हुन्छ । सैन्य परिवारको पृष्ठभूमिमा हुर्किएका उनी  स्वंय पनि आर्मीमा जान तयार थिए । उनको बाल्यकालको अधिकांश समय आर्मी ब्यारेकभित्रै बित्यो । 

    images

    तर, तत्कालीन सशस्त्र द्वन्द्व चलिरहेको थियो । उनी काभ्रेमा जन्मेका मान्छे गाउँ छोडेर शहरतिर आए । स्कूले जीवन उनको बनेपामा बित्यो । पारिवारिक क्षतिले गर्दा पनि उनले सुरक्षा निकायभन्दा बाहिरको सेवाको मार्ग रोजे । 
    उनका दाजु किशोर थापा नेपाल सरकारको पूर्व सचिव पनि थिए । उनैको सल्लाह अनुरुप किरण सामाजिक क्षेत्रमा लागे । त्यतिखेर उनले यो सामाजिक क्षेत्रबारे त्यति बुझेका थिएनन् । यद्यपि यस क्षेत्रमा लागिसकेपछि भने उनी त्यहीं रमाए । उनी भन्छन् , ‘यहाँभित्र त मलाई रस बस्यो... म एकदम समर्पित भएर काम गर्न थाले’ ।

     उनको करियर सन् १९९९ को डिसेम्बरमा इँटाभट्टामा कार्यरत बाल श्रमिकहरूका लागि अनौपचारिक कक्षा सञ्चालन गर्ने एक सहजकर्ताका रूपमा सुरु भयो । उनले इँटा बनाउने ठाउँ–ठाउँमा सुकुल र ब्ल्याक बोर्ड बोकेर बालबालिकाहरूलाई पढाए । जुन सामाजिक कार्यकर्ताको वास्तविक सङ्घर्ष हो ।

    गैरसरकारी संस्थाहरू (गैसस) लाई प्रायः ‘डलर खेती’ गर्ने निकाय भन्ने गलत आरोप पनि लाग्ने गरेको उनी स्वीकारछन् । तर, उनी यसको खण्डन गर्दै सामाजिक क्षेत्रको अपरिहार्य भूमिकामा जोड दिन्छन् । 
    सामाजिक क्षेत्रले आफूलाई राज्यको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र सञ्चार क्षेत्रपछिको पाँचौँ अङ्गका रूपमा दाबी गर्छ । गैससहरू सरकारको समानान्तर नभई सरकारका नीति तथा कार्यक्रमहरूलाई सफल बनाउन हातेमालो गर्ने सहयोगी निकाय हुन् । शिक्षा, स्वास्थ्य, बाल संरक्षण जस्ता क्षेत्रहरूमा नेपालले हासिल गरेका थुप्रै उपलब्धिहरू सरकारको मात्र नभई गैससहरूको सहयोग र साझेदारीका कारण सम्भव भएका हुन् । हाम्रो जस्तो मुलुकमा गैससहरूको भूमिका अहिले पनि अपरिहार्य रहेको उहाँको भनाइ छ ।


    गैससहरूले राज्यसँग मुख्य तीनवटा काम गर्छन् : परेदारी अर्थात् सरकारका राम्रा कामको समर्थन गर्ने । साझेदारी अर्थात् सरकारको स्रोत साधन नपुग्ने क्षेत्रमा मिलेर काम गर्ने र खबरदारी अर्थात् नागरिक अधिकार, सामाजिक न्याय र नीति निर्माणका लागि राज्यलाई खबरदारी गर्ने । २५ वर्षको यात्रामा उनले सिकेको अनुभवका आधारमा उनी नयाँ पुस्तालाई सामाजिक क्षेत्रमा आबद्ध हुन आह्वान गर्छन् । उनका अनुसार, समाजमा क्रियाशील हुन पाउनु नै एक प्रकारको नैतिक शिक्षा लिने थलो हो । 
    उनी युवा पुस्तालाई यो सुझाव दिन्छन् कि, ‘सफल हुनुअघि असल हुनुपर्छ, र असल हुनुअघि क्रियाशील हुनुपर्छ ।’ टोल सुधार समिति, आमा समूह वा युवा क्लबजस्ता साना सङ्गठित संस्थाहरू पनि सामाजिक क्षेत्र नै हुन् र यी सबै मिलेरै राष्ट्रिय विकासमा टेवा पुगिरहेको छ उनको भनाई छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij