Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

स्वास्थ्य सेवा छोडेर फूल व्यापार

स्वास्थ्य सेवा छोडेर फूल व्यापार

बुधबार, कात्तिक २६ २०८२
बुधबार, कात्तिक २६ २०८२
  • काठमाडौं । नागपोखरीको देब्रेतिर फूलहरूको रंगीन संसार छ । जहाँ प्रीति राईको प्रीती फ्लोरा छ । पीतीको यो पसल व्यापार स्थल मात्र होइन, आत्मसम्मान र आत्मविश्वास पनि हो ।  एक समय थियो, जब प्रीतिलाई आफ्नो हातमा स्टेथेस्कोप बोकेर बिरामीको सेवामा तल्लीन हुन्थिन् । त्यो बेला प्रीती हेल्थ असिस्टेन्ट थिइन् ।   उनले हेल्थ असिस्टेन्टको रूपमा वर्षौं काम गरिन् । लामो अनुभवपछि पनि उही समस्याहरु दोहोरिरहेपछि प्रीतीलाई त्यो क्षेत्रमा श्रमको उचित मूल्याङ्कन नभएको महसुस भयो । 

    images


    'नेपालमा मेडिकल फिल्डका मान्छेलाई तलबै छैन नि त', उनी आफ्नो अनुभव सुनाउँछिन् ।  '१५/१६ हजारदेखि सुरू भएर त्यही २५/२६ हजारसम्म मात्रै हुन्छ। भाडा तिर्ने र आफ्नो आवश्यकता पूरा गर्नको लागि कतिखेर तलब आउँछ भनेर कुर्नु पर्थ्यो।'

    हेल्थ असिस्टेन्टको कामबाट आएको सिमित पारिश्रमिकले आफ्ना असिमित आवश्यकता परिपूर्ति गर्न कठीन भएपछि प्रीतीले त्यो बेला विदेश जाने निर्णय गरिन् ।  तर, त्यो योजना सफल हुन सकेन। उनले प्रयास गर्दा काम नै हुन नसकेपछि शुरूमा उनी निकै दुखिन् । पछि विस्तारै प्रीतीले विकल्प खोज्न थालिन् । अनि फूल व्यापारको अवधारणा बन्यो । 

    प्रीतीले श्रीमानसँग सल्लाह गरेर करिब ७ लाख रुपैयाँको लगानीमा पसल शुरु गरिन् । पसल सुरु गरेको छ महिनामै व्यापारले गति लियो। अहिले प्रीती त्यही पसलबाट आफ्नो घर खर्च चलाएर दुई जना कर्मचारीलाई तलब र खाना खर्च दिन सक्षम बनेकी छिन्।  उनी हाँस्दै भन्छिन्, 'जे भयो राम्रै भयो जस्तो लाग्छ। अब अहिले यो फूल व्यवसाय शुरू गरिसकेपछि मलाई चाहिँ धेरै राम्रो भयो। फूलको व्यापार गर्दा त एकदमै भित्रैदेखि नै पोजेटिभ भाइब्स आउँछ।'


    सानैदेखि कलात्मक कुरामा प्रीतिको रुचि थियो । ऊनको धागोले गुलाब र सनफ्लावर बुन्ने तिम्रो बानी थियो। संयोगले उनलाई स्वास्थ्य सेवाबाट टाढा धकेलेर त्यही फूल व्यापारमा पुर्यायो ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij