काठमाडौँ। समयसँगै नेपाली चाडपर्वहरू पनि नयाँ रूप र रंगमा ढलिरहेका छन्। तिहार भनेको केवल दीप, माला र मिठाइको पर्व होइन - यो संगीत, नृत्य र समुदायबीचको आत्मीय सम्बन्धको उत्सव पनि हो। तर पछिल्ला वर्षहरूमा यो उत्सव मनाउने कुरामा निकै बदलाब देखिन्छ ।
पहिलेका दिनमा देउसी–भैलो गाउँघरको सामूहिकता, संस्कृतिको जगेर्ना र सामाजिक एकताको प्रतीक थियो। घर–घरमा गईकन शुभकामना साट्ने, गीत गाउँदै आशिष दिने परम्परा अहिले खासै देखिँदैन। गीत र भट्याउने कुरामा मौलिकता अहिले छैन। मादलको स्थान स्पिकरले लिएको छ। कतै देउसी प्रतिस्पर्धा बनेको छ, कतै मनोरञ्जनको माध्यम मात्र।
यो परिवर्तन समयको स्वभाव हो कि संस्कृतिमा आएको विकृति ?
आजको भक्सपपमा यही प्रश्न हामीले विभिन्न उमेर समूह र पृष्ठभूमिका मान्छेलाई सोधेका छौँ। हेरौं उनीहरूको भनाई जस्ताको त्यस्तै:


