काठमाडौँ। वर्षौंदेखि कुमारीलाई जिवित देवीको रूपमा पूजिदैं आईएको छ। कुमारी देवीमा तलेजु भगवानको बास रहेको विश्वास गरिन्छ। कुमारीको चयन प्रक्रिया अत्यन्तै कठोर र पवित्र मानिन्छ।नेवार समुदायको शाक्य वा बज्राचार्य परिवारकी सानी बालिकालाई कुमारी बन्ने योग्यता हुन्छ।तलेजु मन्दिरका पुजारी, राजपुरोहित र ज्योतिषहरूले मिलेर निम्न आधारमा चयन गर्छन्। कुमारी चयन गर्दा शरीरमा कुनै दाग वा निसान नभएको हुनुपर्छ । कुमारीमा छनोट हुनको लागि ३२ वटा लक्षणहरू हुनुपर्नेछ । कमारीमा चयन भएपछि बालिकालाई कुमारी घर, अर्थात् कुमारी निवासमा राखिन्छ। भर्खरै कुमारीमा चयन भएकी करिब तीन वर्षिया आर्यतारा शाक्यको बिषयमा लिएर केही विवादहरू बाहिर आएका छन्। कतिपयले त बाल अधिकार हनन भयो पनि भनेका छन्। यो परम्परा नै भएको हुनाले यसमा बालअधिकारको विषय जोडिनु सान्दर्भिक हुदैंन । कुमारीको छनोट प्रक्रिया र कुमारीको अधिकार हनन् लगायत कुमारी प्रथासंग जोडिएका भ्रमहरुबारे सहकर्मी उर्मिला शाक्यले गरेको कुराकानी।


