Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘देश बनाउन नयाँ अनुहार आउनुपर्छ’

‘देश बनाउन नयाँ अनुहार आउनुपर्छ’

मंगलबार, असोज २१ २०८२
मंगलबार, असोज २१ २०८२
  • काठमाडौं । सिनामंगलस्थित केएमसि अस्पतालमा एउटा खुट्टाको पिडुँलादेखि तल्लो भागसम्म ब्यान्डेज लगाएर लम्पसार बेडमा सुतेका थिए उनी । हरियो रंगको टिसर्ट लगाएका उनी, जेन जी आन्दोलनमा घाइते भइ उपचाररत थिए । उनी थिए, ३० वर्षका विजेश तामाङ । घर बुढानिलकण्ठ बताउने विजेश, भदौ २३ अर्थात् जेन जी आन्दोलनको पहिलो दिन नै घाइते भएका थिए । घाइते अवस्थामा भक्सपप नेपालसंग कुराकानी गर्न उनी सजिलै राजी भए । 
    उनका अनुसार सोही दिन उनी एक्लै बुढानिलकण्ठबाट नौ बजे नै माइतीघर मण्डला पुगे । अघिल्लो दिन सामाजिक सञ्जालमार्फत जेन जीको भेला र संसद घेराउबारे जानकारी पाएका विजेश, साथीभाइलाई नडाकी हिड्नुको कारण सोधेँ । उनी भन्छन् यस्तो बेला साथीलाई लगे त गाल परिहाल्यो नी । देशको अवस्थाका कारण धेरै निराश भएकाले पनि हो म त्यो दिन आन्दोलनमा सहभागी भएको । आन्दोलनमा सहभागी भएको उनको त्यो पहिलो पटक थियो । यसअघिका आन्दोलनबारे उनले देखेको र जानेको भएतापनि उनलाई युवाले आह्वान गरेको आन्दोलनमा उनी भविष्यमा के होला भन्ने अनुमानै नगरी होमिएका थिए । उनलाई लाग्थ्यो, युवाको आन्दोलनले देशमा केही परिवर्तन त अवश्य ल्याउँला । तर आन्दोलन सुरु भएको केही घण्टामै गोलीबारी होला भन्ने अनुमान उनले गरेका थिएनन् । 
    उनी युवाहरुको जमातसंगै नाराबाजी गर्दै मीनभवनसम्म पुगे । ठुल्ठुला आवाजमा नाराबाजीले उनलाई पनि केही समय उत्साहित बनायो ।आन्दोलन शान्तिपूर्ण नै थियो । तर नाराबाजीको २ घण्टा बित्न नपाउँदै एक्कासी संसद भवन अगाडि गोली हान्न थालेपनि उनी पनि आक्रोसित बने । गोली लागेर भर्खरका जेन जी युवा सडकमा लडेको केही समय वित्न नपाउँदै रबरको गोली उनको दायाँ खुट्टामा लाग्यो, अनि सर्ट गनका छर्रा लागेर उनी पनि त्यहीँ घाइते भए । युवाहरु मिलेर केएमसीसम्म पुर्याइएको सम्झना विजेश सुनाउँछन् । 
    घटनाबारे सुनाउँदा सुनाउँदै उनी केही बेर भावुक बन्छन् । उनले आफूले गोली थापेर केही युवालाई जोगाएकोमा गर्व छ । तर उनलाई पहिलो दिनमै त्यस्तो हताहती होला भन्ने लागेकै थिएन । उनी घटना जे जस्तो भएपनि देशमा यति छिटो आएको परिवर्तनका लागि खुसी प्रकट गर्दै अन्तरिम सरकारले आन्दोलनमा छिरेर घुसपैठियाको पहिचान पहिले गर्नुपर्ने बताउँछन् । 
    अन्तरिम सरकारले गर्नुपर्ने कामबारे सोध्दा उनी केही उत्तेजित हुँदै भन्छन् ‘गोली चलाउने आदेश दिने को हो पहिचान गर्नुुस् अनि जेल हालिहाल्नुहोस् ।’ त्यसपछि मात्रै निर्वाचनको तयारीमा सरकार लागे ठिक हुने उनको धारणा छ । उनलाई आफूजस्तै जेन जी घाइतेको आजीवन स्वास्थ्य उपचारमा सरकारले सहयोग गर्नुपर्ने तर्क राख्छन् । डिस्चार्ज भएपछि पनि घाउ बल्झिने अवस्था आउँदा, घाइते भएकाले काम गर्न नसक्नेका लागि सरकारले क्षतिपूर्ति र पुनस्र्थापनाको प्याकेज ल्याउनु राम्रो हुन्छ । यो सरकारप्रति खास अपेक्षा नभएपनि आउने निर्वाचनमा नयाँ अनुहारले धेरै मतान्तरमा पुराना नेतालाई हराएको उनी देख्न चाहन्छन् । उनको यो इच्छा पूरा होला नहोला त्यो भने फागुनमा घोषणा भएको निर्वाचन परिणामले अवश्य देखाउँला । विजेशलाई भक्सपपको तर्फबाट स्वास्थ्यलाभको कामना ।

    images

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij