काठमाडौँ । गत शुक्रवार र शनिवार परेको पानीले धेरै ठाउँमा असर गर्यो। देशभरी पानी परेपछि जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोको कारण धेरैले आफ्नो ज्यान गुमाउनुका साथै कयौं मानिस घरबहार विहिन पनि भए ।
राजधानीको टेकु बागमती खोला वरपरका वासिन्दाहरूमा पनि यो वर्षाले त्रासको सृजना उत्पन्न गयो । पानी घरभित्रै पस्न थालेपछि उनीहरू आफ्नो वरपरको विभिन्न विद्यालयमा शरण लिएर बस्न थालेका थिए । हिजोे असोज १९ गते विहानैदेखि घाम लागेपछि भने उनीहरू आफ्नो घर फर्केका छन् । घर फर्केर उनीहरू सरसफाईमा व्यस्त भए । कोही घरभित्र पसेको पानी निकाल्न व्यस्त थिए भने कोही वरवर जमेको पानी सफा गर्दै थिए । भक्सपपको टीम त्यहाँ पुग्दा उनीहरू सबै व्यस्त देखिन्थे । हामीले उनीहरुको समस्याबारे बुझ्ने प्रयास गर्यौं ।


