Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

दसैंमा मासु कति खाने ?

दसैंमा मासु कति खाने ?

सोमबार, असोज १३ २०८२
सोमबार, असोज १३ २०८२
  •  काठमाडौँ । दसैं भन्नासाथ मासुको चाड भनेर बुझिन्छ । विशेष गरेर दसैंमा खसी, बोका र च्यांग्राको मासु खाने चलन छ । यी सबै रातो मासुमा पर्छ । तर रातो मासुलाई त्यति स्वस्थकर मानिदैंन । त्यसैले यस्ता मासु खाँदा विशेष ध्यान दिनुपर्छ । मासु दैनिक १ सयदेखि १ सय ५० ग्रामसम्म खाँदा राम्रो हुने डा.बन्धन थापा बताउँछन् । मासु खानका साथै यसलाई पचाउन पनि जरुरी छ । मासु पकाउँदा मसला र नुनको प्रयोग हुने हुनाले उच्च रक्तचापको पनि जोखिम हुन सक्छ । त्यसैले मासु खाँदा मासुको मात्रा मिलाएर खानुका साथै व्यायामप नि गर्नुपर्छ । विशेषगरी कोलेस्ट्रोलको बिरामीले मासु खाँदा फाइबरयुक्त खानेकुरा खानुपर्छ । रातो मासुभन्दा माछा र कुखुराको मासु खान उचित हुन्छ । 

    images

    स्वस्थ शरीर राख्नको लागि दैनिक ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु उपयूक्त हुदैंन । त्यसैले दसैंमा हामीले खानेकुरा खाँदा नुनको मात्रामा ध्यान दिनुपर्छ । दसैंमा अन्य समयमा भन्दा धेरै मासु सेवन गरिन्छ ।  यस्तो अवस्थामा हामीले शरीरलाई स्वस्थ्य राख्न खानासाथ सुत्नु हुदैंन । विहान एक घण्टा व्यायाम गर्नुपर्छ । 
    मासु खाँदा मासुसंगै सलाद, सागहरु खानुुपर्छ जसले गर्दा मासुलाई पचाउन सहज हुन्छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij