Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

भीमको बरफ र शहरको आन्दोलन

भीमको बरफ र शहरको आन्दोलन

आइतबार, असोज १२ २०८२
आइतबार, असोज १२ २०८२
  • काठमाडौँ । काठमाडौँको बानेश्वरमा जेन जी आन्दोलनको पहिलो दिन भीड असाध्यै बाक्लिएको थियो। देशको मुहार बदल्ने सपनासहित युवाहरूले उर्लंदो स्वरमा नारा लगाइरहेका थिए। त्यो आवाज र हुर्मतबाट केही टाढा, फुटपाथको कुनामा, भीम गुरुङ चुपचाप बरफ बेच्दै बसेका थिए।

    images

    काभ्रेको गाउँबाट सहरसम्म डुल्दै आएका उनी जीवनको संघर्षसँग दैनिकी जोडिरहेका छन्।हिँड्ने हरेक आन्दोलन, जुलुस र भीड उनको व्यापारको अवसर हो।त्यसैले पनि त्यो दिन उनी व्यापार बढाउने आशामा बानेश्वर पुगेका थिए।
    गर्मीमा बरफ बेच्ने भीम जाडोमा बदाम, चना, केराउ र अमला बेचेर जीवन धान्छन्। दिनको १ हजार देखि १२ सय कमाउने भीम महिनाको ३० देखि ४५ हजारसम्म कमाउँछन् ।  त्यो पैसामध्ये केही गाउँमा बुबाआमालाई पठाउँछन् भने केही  आफ्नै भविष्यका लागि बचत गर्छन् । 

    तरकारी बेचेर सुरु भएको उनको यात्रा नगरपालिकाको रोकटोकले मोडियो। त्यसपछि उनी घर बनाउने डकर्मी पनि बने।  तर, जीवनले घुमाउँदै लग्यो । अन्ततः उनी बरफ बेच्न थाले । भीम भन्छन् ‘जीवनमा सबैलाई दाजुभाइ सम्झेर, कसैको मन नदुखाई काम गर्नुपर्छ।’
    शहरको भिडभाडमा, आन्दोलनको नारामुनि, उनी संघर्षरत देखिन्थे ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij