Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

न्यायको दियो बल्ने पर्खाइमा आरती

न्यायको दियो बल्ने पर्खाइमा आरती

आइतबार, असोज १२ २०८२
आइतबार, असोज १२ २०८२
  • काठमाडौँ । प्रत्येक नारीको सपना हुन्छ राम्रो जीवनसाथीसँग विवाह गरेर सुखद भविष्य निर्माण गर्ने। पाँच वर्षअघि आरती रावलले पनि यस्तै सपना बोकेर भुवन गिरीसँग विवाह गरिन् । 

    images

    आरतीको भाइसँग सम्बन्धित एउटा मुद्दा उच्च अदालत नेपालगञ्ज, तुलसीपुरमा चलिरहेको थियो । सोही क्रममा उनको भेट भुवन गिरीसँग भयो । त्यतिबेला भुवन निजामती सेवामा कार्यरत थिए । मुद्दा सन्दर्भमा भएको भेटघाट नै उनीहरूबीच परिचय, त्यसमैँ कुराकानी र अन्तत त्यो सम्बन्ध प्रेममा परिणत भयो। भुवनले आरतीलाई बारम्बार फोन गर्न थाले, र यही क्रममा २०७५ वैशाख ५ गते भुवन र आरतीको विवाह भयो ।

    विवाहको केही महिनापछि, साउनमा आरती गर्भवती भइन् । तर भुवनले बच्चा राख्न अस्वीकार गरे । आफ्नो करिअरलाई बहाना बनाएर उनले आरतीलाई मानसिक मात्र होइन, शारीरिक यातना पनि दिन थाले । उनले औषधि सेवन गर्न बाध्य पार्दा आरतीको जीवन असुरक्षित बन्यो । त्यसपछि भुवनको सरुवा दिपायल भयो। नयाँ ठाउँमा पुगेपछि पनि भुवनको अत्याचार रोकिएन । उल्टै भुवनले ‘आरतीको कोखमा भएको बच्चा मेरो होइन’ भन्दै पत्रसम्म लेखे ।

    दिपायलमा आरतीको गर्भपतन गराइयो । तर त्यसपछि फेरि पनि आरतीको गर्भ रहन गयो । यसपटक पनि भुवनले गर्भपतन गराउन बाध्य बनाए । उनले आरतीलाई माइतीतिर जान कहिल्यै अनुमति दिएनन् । निरन्तर शंका मात्र गर्थे । आफूले रोजेको जीवनसाथीसंग विवाह गरेकी आरतीले साहस जुटाएर माइतीलाई केही भन्न पनि सकिनन् । दोस्रो पटक गर्भवती हुँदा कैलालीमा भुवनले आरतीमाथि कुटपिट गरे अनि गर्भ पनि खेर गयो ।

    त्यही वर्ष साउनमा भुवनका पिता अर्थात् आरतीको ससुराको निधन भयो । भुवनको घर जाने क्रममा भुवनले आरतीलाई माइती जाने आदेश दिएर बाटैमा छोडेर आफ्नै बाटो लागे । माइतीपक्षले आरतीलाई फेरि आरतीको घर लिएर गए ।  त्यहाँ अन्य परिवारले उनलाई समर्थन गरे पनि भुवन भने अडिग रहे । निरन्तर अत्याचार सहन नसकेपछि आरतीले मंसीर महिनामा कैलालीमै भ्रूण हत्या र वैवाहिक बलात्कारको मुद्दा दर्ता गरिन् । 

    तर भुवनले उल्टै सम्बन्धविच्छेदको मुद्दा अघि सारे । आरतीले मुद्दा दर्ता गराउन निकै संघर्ष गर्नुपर्‍यो । बल्लबल्ल कैलाली जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भयो र भुवनलाई पक्राउ पूर्जी जारी गरियो । तर त्यसपछि पनि भुवनले आरतीकी आमालाई भावनात्मक रूपमा ब्ल्याकमेल गरे र बिन्तीभाउ बिसाए ।

    आरतीले आफ्नै श्रीमानलाई कानुनी कठघरामा ल्याउन निकै संघर्ष गरिन् । तर भुवन स्वयं सरकारी वकिल भएकाले मुद्दाको दर्ता नम्बरदेखि मेडिकल रिपोर्टसम्म लुकाइयो । काठमाडौँ जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा ग‍¥यो । कपिलवस्तुमा दर्ता भएको वैवाहिक बलात्कार मुद्दामा पनि रातारात २ लाख ७५ हजार धरौटीमा रिहा भए । डेढ महिनासम्म आरतीको मुद्दा नै अलपत्र पारियो । उनलाई बयान दिने अवसरबाट समेत वञ्चित गरियो।

    यस अन्यायविरुद्ध आरतीले अनशन बसिन् ।  सर्वोच्च अदालत अगाडि भुवनलाई पूर्पक्षमा राखियोस् भनी आत्मदाहको प्रयाससमेत गरिन् ।  विष सेवन पनि गरिन । अन्तत न्यायलयबाट निराश भएपछि उनी निराशा र पीडामा डुबुल्की मार्दै न्यायको आशामा लडिरहिन् । लामो संर्घषपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सडकबाट उनको उद्धार गरियो ।

    पाटन उच्च अदालतमा उनको मुद्दा पुगेपछि उल्टै आरतीले भुवनसंग पैसाको माग गरेको र पैसा नपाएपछि मुद्दा हालेको भनेर फैसाला सुनाइयो । भुवनले आफ्नो शक्तिको पहुँच प्रयोग गरी अन्यायलाई ढाकछोप गरिरहे । आरती अझै पनि न्याय पाउने झिनो आशामा न्यायलयको ढोका ढक्ढकाईरहेकी छिन् । 

    तर आरती अझै हार मानिसकेकी छैनन्। उनको न्यायको लडाइँ जारी छ। पीडा र वेदनाको असंख्य अध्याय पार गरेकी उनले अझै पनि आशाको एउटा झिनो दियो निभ्न दिएकी छैनन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij