Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

बिचौलिया अघि घुडाँ टेक्छन् मन्त्री, चेपाइमा निजामती कर्मचारी

सहसचिव दहाल फेरि पनि मन्त्रीको लखेटाइमा

सहसचिव दहाल फेरि पनि मन्त्रीको लखेटाइमा

बिहीबार , भदौ ५ २०८२
बिहीबार , भदौ ५ २०८२
  • काठमाडौँ । वाणिज्य विभागका सहसचिव कुमार प्रसाद दहाल निजामती पेशामा आफ्नो करियर बनाउँदै आएका कर्मचारी हुन्। उनी भन्छन्, ‘निजामती पेशा शासनको पेशा हो । यहाँ व्यापारी, राजनीतिक र कर्मचारी वर्गको शासन हुन्छ । जहाँ कर्मचारी तन्त्र राम्रो हुन्छ, त्यहाँ सरकार पनि राम्रो हुन्छ र जहाँ सरकार अनुशासित हुन्छ, कर्मचारी स्वत अनुशासित हुन्छन् ।’

    images

    उनका अनुसार, आजको देश बिचौलियाहरूले चलाइरहेका छन् । राजनीतिमा इमान्दारिता अनिवार्य छ भने कर्मचारीमा इमान्दारिता र योग्यता दुवै आवश्यक छ । ‘राजनीतिज्ञमा योग्यता खासै आवश्यक पर्दैन, तर इमान्दारिता अनिवार्य छ । ’ दाहाल भन्छन् ।

    हालै शैक्षिक संस्थाबाट कानुन विपरित अनुमति लिएर आयोजना गरिएको शैक्षिक मेलामा विद्यार्थीहरूलाई झुक्याइएको खबर प्राप्त भएपछि दाहालको निर्देशनमा मातहतका कर्मचारी घटनास्थलमा पुगे । तर उनीहरु जाँदै गर्दा मन्त्रीको फोन आएपछि अनुगमनका लागि पुगेका कर्मचारी निरिह भएर फर्किनुपर्‍यो । यस घटनाले दाहाललाई पनि प्रशासनिक चुनौतीको सामना कसरी गर्नुपर्छ भन्ने कुरामा अनुभव बढाएको छ ।

    आफ्नो करियरको उत्तरार्द्धमा पुगेका दहाल अब बाँकी जीवन ध्यान र योगमा बिताउने योजना बनाइरहेका छन् । उनी भन्छन् ‘आफू इमान्दारितापूर्वक काम गर्दा पनि अरुले विश्वास नगर्दा दुःख लाग्दैन। बरु थप चुनौती आएकोमा त्यसको सामना गर्न सदैव अग्रसर हुन्छु ।’

    कुमार प्रसाद दाहलको पेशागत यात्राका विषयमा भक्सपप नेपालको कार्यक्रम द प्रफेसनमा गरिएको कुराकानी हेरेर हामीलाई प्रतिक्रिया अवश्य दिनुहोला । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij