Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

बहुविवाह मस्यौदा

यौन कर्तुत कि बच्चाको अधिकार ?

यौन कर्तुत कि बच्चाको अधिकार ?

यौन पिपासुलाई खुलेआम कर्तुत गर्न छुट दिने हो ?

शनिबार, साउन ३१ २०८२
शनिबार, साउन ३१ २०८२

  • काठमाडौं । सरकारले नै बहुविवाहलाई कानूनी मान्यता दिन खोज्नु लज्जास्पद भएको बागमती प्रदेशकी निवर्तमान सांसद बिजया श्रेष्ठ केसीले बताएकी छन् । भक्सपप नेपालको कार्यक्रम अधिकार संगै कर्तव्यमा बोल्दै केसीले २१ औं शताब्दीमा पनि यस्तो मस्यौदा सरकारबाट आउनु दुःखद भएको बताइन् ।

    images

    पहिलो श्रीमतीसंग मन नमिल्दा अर्को महिलासंग सम्बन्ध राख्ने र दोस्रो महिलाबाट बच्चा भएको खण्डमा त्यो सम्बन्ध बदर नहुने भन्ने कुरामा स्वयं पुरुषको पनि विमति रहेको उनको जिकिर छ । 'बहुविवाह एक फौजदारी मुद्दा भएकाले, यौन चाहनाको तृप्ति पुरा गर्न दोस्रो महिलासंगको सम्बन्ध जायज बनाउन खोज्नु गलत हो', उनले बताइन्, 'कुनै पहुँचवाला नेताहरुका सवालमा केहीले यस्तै मस्ती गरेर बालमन्दिरमा बच्चा राखेर पलायन भएको घटनाहरु पनि छन्, यदी यस्ता मस्यौदा आउने हो भने, त्यस्ता नेतालाई खुलेआम यस्ता कर्तुत गर्न छुट दिए सरह हुन्छ ।' यसै सम्बन्धमा महिला अधिकारकर्मी, प्रशिक्षक तथा बागमती प्रदेशको निवर्तमान सांसद बिजया श्रेष्ठ केसीसंग गरिएको अन्तर्वार्ता सुनेर हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij