काठमाडौं । मनसुनजन्य बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न राजमार्ग वर्षापछि आएको बाढी र पहिरोकै कारण तीन राजमार्ग अवरुद्ध भए ।
मनसुनजन्य विपद्ले हरेक वर्ष नेपाललाई पिरोल्दै आएको छ । हरेक वर्ष बाढी, डुबान अनि पहिरो खसेर जनधनको क्षति हुँदा सरकारले कहिल्यै पनि पूर्वतयारी र पूर्वसतर्कतामा आफूलाई अब्बल ठहर्याउन सकेको छैन ।
भूगर्भविद, नेपाल प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अध्यक्ष तथा नाष्टका प्राज्ञ डा. बिशाल नाथ उप्रेतीले नेपाल पहिलेदेखी नै बाढी र पहिरोको उच्च जोखिममा रहेकाले अब विपद् रोक्नेतर्फ काम गर्न ढिला भएको बताए ।
भक्सपप नेपालसंग कुराकानी गर्दै उनले धेरै बाढी र पहिरोको जोखिम हुने पनि यहि महिनामा भएको बताउँदै स्थानीयस्तरमा जाने बाढी पहिरोजन्य विपद् बाट जनधनको क्षति कम गर्ने हो भने प्रविधिमा लगानी आवश्यक रहेको जनाए ।
विदेशमा जस्तै गाउँपालिकास्तरमै जोखिमयुक्त क्षेत्रमा वर्षा, तापक्रम, माटोको आर्द्रता नाप्ने मौसम यन्त्र राख्नै पर्नेमा उनले जोड दिए । थप सुनौं, भूगर्भविद प्रा.डा. बिशाल नाथ उप्रेतीको यो अन्तर्वार्तामा ।


