Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ तान्दै

अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ तान्दै

भक्स पप नेपाल
आइतबार, माघ ६ २०८१
भक्स पप नेपाल
आइतबार, माघ ६ २०८१
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।

    images

    २१ दिनका लागि गरिने यो निक्षेप संकलनको बोलकबोल मध्यान्ह २ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत हुनेछ।


    इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी माघ २७ गते हुनेछ ।

    निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij