काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सुन आज एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो ।
प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भई छापावाल सुनको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँमा पुगेको छ। बिहीबार यो मूल्य १ लाख ५६ हजार ६ सय रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर आज १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य १ हजार ८ सय ८० रुपैयाँ थियो।


