Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

संसदको पुर्वाधार बिकास समितिमा खानेपानीको छलफल

संसदको पुर्वाधार बिकास समितिमा खानेपानीको छलफल

बिहीबार , साउन २८ २०८३
बिहीबार , साउन २८ २०८३
  • काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले मुलुकको खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई ठोस कार्ययोजना बनाई तत्काल कार्यान्वयनमा जान निर्देशन दिएको छ ।

    images

    समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा बसेको बैठकमा मुलुकको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था, समस्या तथा सुधारका उपायबारे छलफल भएको हो ।

    बैठकमा पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन), नेपाल खानेपानी संस्थान, मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी), काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रतिनिधिको सहभागिता थियो ।

    छलफलमा उपभोक्तामैत्री नीति तथा कानुनको परिमार्जन र प्रभावकारी कार्यान्वयन, नियमित तथा पर्याप्त खानेपानीको उपलब्धता, खानेपानीको गुणस्तर र सर्वसुलभ व्यवस्थापनलगायतका विषय उठाइएको थियो ।

    त्यस्तै खानेपानीसम्बन्धी तथ्यांक व्यवस्थापन, भौगोलिक अवस्थाअनुसार खानेपानी व्यवस्थापन, खानेपानी संरचनाको मर्मतसम्भार, पानी पुनर्भरण तथा ठेक्का प्रणालीलाई सहज बनाउने विषयमा समेत छलफल भएको थियो ।

    बैठकमा खानेपानीमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।

    समितिले खानेपानी व्यवस्थापनसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायबीच समन्वय गरी ठोस कार्ययोजना बनाउन र त्यसलाई तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएको छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij