Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जनकपुरमा अनिश्चितकालीन कर्फ्यू

जनकपुरमा अनिश्चितकालीन कर्फ्यू

बिहीबार , साउन १४ २०८३
बिहीबार , साउन १४ २०८३
  • धनुषा । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

    images

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन्।

    press release of janakpur.jpg

    प्रशासनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यू लागू गरिएको हो।

    शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रशासनले कर्फ्यू अवधिभर ती क्षेत्रमा हिँडडुल, भेला तथा आवतजावतमा रोक लगाएको जनाएको छ। सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।

    प्रदर्शनका कारण उत्पन्न भएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij