काठमाडौं। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी ७ जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिएका छन्। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले बताए ।
उक्त घटनामा घाइते भएका व्यक्तिलाई धुलिखेल अस्पताल ल्याइएकाे छ।


