काठमाडौँ। ‘फोहोर व्यवस्थापन र शहरी सफाइ’ विषयमा ललितपुर-चक्रपथ महानगर सफाइ अभियान र अभिभावक संघ नेपालको संयुक्त आयोजना अनि ललितपुर महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता भएको छ। आज एकान्तकुनास्थित महेन्द्र भृकुटी माविमा उक्त कार्यक्रम भएको हो।
ललितपुर महानगरपालिका भित्रका २२ माध्यमिक विद्यालयका विद्यार्थी सहभागी भएको प्रतियोगिताले विद्यालयस्तरमै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनबारे चेतना विस्तार गर्ने उद्देश्य राखिएको कार्यक्रम संयोजक तथा सफाई अभियानका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए।
प्रमुख अतिथिका रुपमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन थिए। कार्यक्रममा वरिष्ठ कलाकार किरण केसी (राता मकै), अभिभावक महासंघ नेपालका केन्द्रीय अध्यक्ष शुप्रभात भण्डारी, महानगरका शिक्षा महाशाखा निर्देशक देवीप्रसाद उपाध्याय लगायतका अतिथि उपस्थित थिए। ललितपुर चक्रपथ-महानगर सरसफाई अभियानका तर्फबाट अतिथिका लागि सहसंयोजक सहदेव राउतको पनि उपस्थिति रहेको थियो । यस्तै, न्युयोर्क टाइम्समा कार्यरत पत्रकार साजल प्रधान, महानगरपालिकाका प्रेस सल्लाहकार उमा लुइटेल लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथिको मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले शिक्षामा आएको परिवर्तन, महानगरको स्मार्ट सिटी लक्ष्य, विद्यालय सरसफाइ अभियान तथा वातावरण संरक्षणमा विद्यार्थीको भूमिकाबारे आफ्नो धारणा राखे। उनले यस्ता कार्यक्रमले विद्यार्थीमा वातावरणको संरक्षणमा सचेतना जगाउने विश्वास व्यक्त गरे।
ललितपुर चक्रपथ–महानगरका सहसंयोजक सहदेव राउतले विद्यार्थीलाई सरसफाइका अग्रदूतका रूपमा हेरिनुपर्ने र आजको कार्यक्रमले वातावरणलाई संरक्षण गर्न र फोहोररहित बनाउनमा सघाउ पुर्याउने बताए। साथै, वातावरण सरसफाईको लागि सचेतना आवश्यक भएको कुरामा जोड दिए।
कलाकार किरण केसीले विद्यार्थीको स्वभावअनुसार सिकाइ वातावरण बनाउनुपर्नेमा जोड दिंदै व्यवहारिक शिक्षा आवश्यक रहेको बताए।
अभिभावक महासंघका अध्यक्ष शुभप्रभात भण्डारीले वातावरण संरक्षणमा विद्यार्थी र परिवार दुवैको जिम्मेवारी रहेको उल्लेख गर्दै “जैविक मात्र फोहोर होइन, मानसिकता पनि स्वच्छ बनाऔँ” भन्ने सन्देश दिए।
कार्यक्रममा सहभागी २२ विद्यालयका विद्यार्थीले आफ्नो प्रस्तुति दिएका थिए। जसमध्ये श्री पदम प्रकाश माविकी छात्रा जगदम्बा भट्ट प्रथम भईन् । द्वितिय हुनेमा टिका विद्याश्रम माविका सुरेश थापा छन् । यस्तै, तृतीय स्थान ल्याउने रुद्रायणी माविकी मिङ्मा तामाङ् थिइन् भने पाटन माविका ओम पाण्डेले सान्त्वना स्थान ल्याए। उनीहरुलाई नगद पुरस्कार पनि दिइएको थियो।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र तथा सम्मान गर्दै कार्यक्रम समापन गरिएको थियो।