Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

बागमती खोलामा बाढी,

सुकुम्बासी बस्ती डुबानमा, स्थानीय सुरक्षित स्थानमा सर्दै(फोटो फिचर)

सुकुम्बासी बस्ती डुबानमा, स्थानीय सुरक्षित स्थानमा सर्दै(फोटो फिचर)

शनिबार, असोज १८ २०८२
शनिबार, असोज १८ २०८२
  • काठमाडौं । अविरल बर्षासंगै बागमती नदीमा आएको बाढीले सुकुम्बासी बस्तीहरु डुबानमा परेपछि स्थानीयहरु बस्ती छोडेर अन्यत्र गएका छन् । काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्सिघाट बस्तीमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीहरुले बस्ती छोडेका छन् । 

    images

    उनीहरु आफ्ना महत्वपूर्ण कागजातका साथ त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा शरण लिएर बसेका छन् भने केही व्यक्तिहरु आफन्तकोमा बसेको बन्सिघाट बस्तीका विकास कमिटीका अध्यक्ष अर्जुन कुँवरले जानकारी दिएका छन् ।

    हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका स्थानीयहरू बसिरहेका छन्। महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) व्यवस्था गर्न सकिने जनाएको छ। उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ।

    जानकारीका अनुसार हाल विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरीमा ५२ जना बसिरहेका छन् भने जन विकास, कुलेश्वरमा ५२ परिवारका २५१ जना, महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना स्थानीयहरु बसिरहेका छन्।

    खोलाले कटान गरेका स्थानहरूमा काठमाडौँ महानगर प्रहरी बलले बोरामा माटो र गिट्टी राखेर नदी कटान रोक्ने कार्य तीव्र गतिमा गरिरहेको छ।

    अन्य अव्यवस्था परेमा वा कुनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू  १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । 

    सबैलाई अनुरोध, जोखिमयुक्त स्थान नजिक नजाऔँ र सुरक्षित रहौँ।

    bagmati4.jpg
    bagmati1.jpg

     

    bagmati1.jpg

    bagmati2.jpg

     

    bagmati3.jpg

     

    bagmati5.jpg
    bagmati6.jpg
    undefined

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij