काठमाडौं । आन्दोलनकारीहरुले हिल्टन होटलमा लगाएको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जेनजीमा घुसपैठ गरेर अराजक समूहले हिजो मंगलबार दिउँसो हिल्टन होटलमा आगजनी गरेको थियो ।
नक्सालस्थित हिल्टन होटलबाट अझै आगोको मुस्लो देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।


