Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

रास्वपा कर्णाली नेतृत्वमा त्रिपक्षीय भिडन्त

रास्वपा कर्णाली नेतृत्वमा त्रिपक्षीय भिडन्त

सोमबार, असार १ २०८३
सोमबार, असार १ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश नेतृत्व चयनका लागि सुर्खेतको वीरेन्द्रनगरमा चुनावी प्रक्रिया सुरु भएको छ।

    images

    शनिबारदेखि सुरु भएको यस प्रादेशिक अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर आन्तरिक विवाद चर्किएपछि आइतबार पूर्वनिर्धारित समयमा मतदान हुन सकेको थिएन।

    कुल ५३० अधिवेशन प्रतिनिधिहरूमध्ये करिब ३०० जना सदस्यहरूको हैसियतलाई लिएर प्रश्न उठाइए पनि पार्टी हाल समायोजनको चरणमा रहेकाले सबै पक्षलाई समेट्ने भन्दै नेतृत्वले विवादकै बीच मतदान अगाडि बढाउने निर्णय गरेको हो।

    यसै क्रममा शीर्ष नेतृत्व अर्थात् प्रदेश सभापति पदका लागि वर्तमान सभापति मदन खड्का (सुर्खेत), कोषाध्यक्ष स्नेहा उपाध्याय (सुर्खेत) र नेता नन्दकिशोर बस्नेत (दैलेख) गरी तीन जना चुनावी मैदानमा उत्रिएका छन्।

    पार्टीको विधान अनुसार कर्णाली प्रदेश समिति कुल ४१ सदस्यीय हुनेछ, जसको निर्वाचन प्रक्रिया दुई चरणमा बाँडिएको छ।

    पहिलो चरणमा महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष मतदानमार्फत प्रदेश सभापति र कार्यसमिति सदस्यहरू चयन गर्नेछन् भने दोस्रो चरणमा निर्वाचित नयाँ कार्यसमितिले आपसमै मतदान गरी उपसभापति, महामन्त्री र दुई जना सहमहामन्त्री (महिला र पुरुष अनिवार्य) चयन गर्नेछ।

    प्रादेशिक पदाधिकारी टोलीमा रहने कोषाध्यक्ष र प्रवक्ताको पद भने निर्वाचनबाट नभई विधानको प्रावधान अनुसार पछि मनोनीत गरिने व्यवस्था रहेको छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij