काठमाडौं। राष्ट्रिय कार्य तथा समन्वय समूह नेपाल (NACG) को बैठक अध्यक्ष श्री ऋतु भट्ट राई ज्युको अध्यक्षता, उपाध्यक्ष श्री नरेन्द्र डङ्गोल ज्युको सहजीकरण र सदस्यज्युहरूको सार्थक सहभागितामा सम्पन्न भएको छ ।
बैठकको मुख्य उद्देश्य नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यूसँग मन्त्रालयको नीति तथा कार्ययोजना अनुरूप सहकार्य गर्ने र नागरिक समाजले उठाउँदै आएका जल्दाबल्दा सवालहरूमा माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउने उद्देश्यले समूहमा आबद्ध १७ वटा नागरिक समाज सञ्जालहरूको संयुक्त ध्यानाकर्षण पत्र तयार गर्नु रहेको थियो।
यस बैठकमा जिएनबी नेपाल, एटविन, एनसिएफएलजी फोरम, एनसिई नेपाल, कन्सोर्टियम नेपाल, एनसिपिए, एसपिसिएसएन, नेट फर गुड एलायन्स, सिजप, डिउकम लगायतका सञ्जालहरूको सक्रिय सहभागिता रहेको थियो।
जिएनबी नेपालको अध्यक्षको हैसियतले सन २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्न पेश गरिने आवश्यक बुँदा समेटन अनुरोध गरिएको थियो ।
बालविवाह अन्त्य केवल कानुनी विषय होइन, यो सामाजिक रूपान्तरणको अभियान हो। यस अभियानमा सरकार र नागरिक समाजबीचको सहकार्य नै सफलताको मुख्य आधार हो भन्ने जिएनबी नेपालको धारणा रहेको छ ।





