काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शक्तिशाली पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा वर्षा, हावाहुरी र चट्याङ भइरहेको छ। यो प्रणाली भूमध्यसागर क्षेत्रबाट अफगानिस्तान, पाकिस्तान हुँदै नेपाल प्रवेश गरेको हो।
काठमाडौं उपत्यका सहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अहिले यसको प्रभाव बढी देखिएको छ भने शनिबार कोशी प्रदेशमा झन् असर बढ्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार वर्षा शनिबार रातिसम्म जारी रहनेछ। बीचबीचमा कम भए पनि पूर्ण रूपमा रोकिने सम्भावना कम रहेको छ।
आइतबार बिहानदेखि भने मौसममा क्रमिक सुधार सुरु हुने अनुमान गरिएको छ।


