Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

दसैंसङ्गै प्रकृत्तिको रातो बत्तिः ३ दिन बाटो बन्द, ४० जिल्लामा बाढीको उच्च जोखि

दसैंसङ्गै प्रकृत्तिको रातो बत्तिः ३ दिन बाटो बन्द, ४० जिल्लामा बाढीको उच्च जोखि

शनिबार, असोज १८ २०८२
शनिबार, असोज १८ २०८२
  • काठमाडौँ । गाउँघरमा दसैंको रमाइलो अझै सकिएको छैन । तर देशभर सुरू भएको जल तथा मौसम विज्ञान विभागका कारण जनजीवन त्रसित बनेको छ । 

    images

    जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन सबैलाई आग्रह गरेको छ । जसका कारण दसैंको रमाइलोका लागि घर हिडेका नेपालीहरू काममा फर्किन पनि समय लाग्ने भएको छ । 
    जल तथा मौसम विज्ञान विभागले ४० जिल्लामा अति भारी वर्षाको चेतावनी जारी गरेको छ । विभागका अनुसार, काठमाडौं उपत्यका, चितवन, धादिङ, मकवानपुर, झापाजस्ता तराई–मध्य पहाडी जिल्ला उच्च जोखिममा छन् । 
    हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ
    विभागले अविरल वर्षासँगै नदी किनार, खोला छेउ, डाँडा र पहाडी क्षेत्रका घरबास गर्नेहरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij